अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन « Khabarhub

अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको छ ।

विदेशमा ‘पूजा सर’ शीर्षक दिएर प्रिमियर गरिएको यो फिल्म नेपालमा भने ‘राजागंज’ नाम दिएर प्रदर्शनमा ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

यस फिल्मको केन्द्रीय पात्र आशा मगराती हुन् । उनले पूजा थापाको भूमिका निर्वाह गरेकी छन् । महिलाप्रधान यस फिल्ममा आशासहित निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, पुष्पा यादव र रिंकु गायत्री लगायतको अभिनय छ । अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा  र परमेश्वर झा लगायतले पुरुष पात्रको भूमिका निभाएका छन्‌ ।

अभिनेता दयाहाङ ‘राजागंज’ एक साहसी महिलाको कथा भएको बताउँछन् । फिल्मबारे उनी थप्छन्, ‘यो फिल्म कला र व्यवसायको उत्कृष्ट संगम हो । यसको मेकिङ, टेक्निकल लेयर्स र प्रस्तुति उच्चस्तरको छ ।’

राजागंज निर्देशक दीपक ‘नेपाली फिल्म’लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने फिल्मकर्मी हुन् । सन् २०१२ मा उनको फिल्म ‘हाइवे’ बर्लिन फिल्म फेस्टिभल सहभागी भएको थियो । त्यसअघि कुनै पनि नेपाली फिल्म यो तहको प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन गरिएको थिएन ।

उनै निर्देशकको यस फिल्मका प्रमुख निर्माता बलिउडका सफल निर्देशक तथा निर्माता अनुराग कश्यप हुन् । उनले भेराइटी म्यागेजिनको एक अन्तर्वार्तामा यो फिल्ममा जोडिनु सौभाग्य रहेको बताएका छन्‌ ।

उनले भनेका छन्‌, ‘ह्वाइट सन हेरेदेखि म दीपकको कामको फ्यान भएको थिएँ र उनले अर्को कुन फिल्म गर्लान् भन्ने प्रतिक्षामा थिएँ ।’

अनुरागको सहभागीताले पनि यस फिल्मले चर्चा कमाएको छ । दीपक दोस्रो फिल्म ‘ह्वाइट सन’ भेनिस, टोरोन्टो, लोकान, रोटडर्याम, बुसान, सिड्नी लगायतका महोत्सवहरूमा छानिएको थियो भने सिंगापुर र पाम स्प्रिङ्ग्समा उत्कृष्ट फिल्मको अवार्डसमेत जितेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : १२ बजे

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)