माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने « Khabarhub

माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारलक्षित खबरदारी सभा देशव्यापी बनाउने भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले  खबरदारी सभालाई देशव्यापी बनाउने बताएका हुन् ।

दाहालले काठमाडौंमा आयोजना गरिएको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए ।

‘यो खबरदारी सभालाई अब देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पठाउने छौँ,’ दाहालले भने ।

प्रचण्डले अब सरकारविरुद्ध वडा तहसम्म कार्यक्रम गर्ने र सरकारले गम्भीरतापूर्वक नलिए खबरदारी सभा, विरोध सभा र आन्दोलनमा परिणत हुने चेतावनी पनि दिए ।

‘देशभरी विशाल खरबदारीसभा गरेर, अनि अन्तिममा जरुरी परेर सरकारले निहुँ खोज्यो भने हामी सदनभित्र विशेष अधिवेशन माग गर्नेछौँ,’ उनले भने, ‘हामी संवैधानिक तरिकाले उनीहरूका विरुद्ध संघर्षमा जानेछौँ । उनीहरूले हाम्रो कुरालाई गम्भीर रूपले लिएनन् भने यो खबरदारी सभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुनेछ । अब हेक्का राख्ने जिम्मा सरकारकै हो ।’

माओवादी अध्यक्ष दाहालले जनतासँग मिलेर माओवादीले नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने सङ्कल्प गरेको भन्दै यसलाई कसैले खेलाँची नठान्न पनि सुझाव दिए । ।

‘आज छोटो समयको सूचनामा तपाईंहरुको अपार उपस्थिति र उत्साहले हामीलाई नयाँ ऊर्जा दिएको छ, नयाँ आन्दोलनका निम्ति, नयाँ अभियानका निम्ति ! हामी हतारोमा छैनौँ,’ दाहालले भने, ‘तर, जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने सङ्कल्पमा छौँ । यसलाई कसैले खेलाँची नठानोस् ।’

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ३३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक