माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने « Khabarhub

माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारलक्षित खबरदारी सभा देशव्यापी बनाउने भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले  खबरदारी सभालाई देशव्यापी बनाउने बताएका हुन् ।

दाहालले काठमाडौंमा आयोजना गरिएको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए ।

‘यो खबरदारी सभालाई अब देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पठाउने छौँ,’ दाहालले भने ।

प्रचण्डले अब सरकारविरुद्ध वडा तहसम्म कार्यक्रम गर्ने र सरकारले गम्भीरतापूर्वक नलिए खबरदारी सभा, विरोध सभा र आन्दोलनमा परिणत हुने चेतावनी पनि दिए ।

‘देशभरी विशाल खरबदारीसभा गरेर, अनि अन्तिममा जरुरी परेर सरकारले निहुँ खोज्यो भने हामी सदनभित्र विशेष अधिवेशन माग गर्नेछौँ,’ उनले भने, ‘हामी संवैधानिक तरिकाले उनीहरूका विरुद्ध संघर्षमा जानेछौँ । उनीहरूले हाम्रो कुरालाई गम्भीर रूपले लिएनन् भने यो खबरदारी सभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुनेछ । अब हेक्का राख्ने जिम्मा सरकारकै हो ।’

माओवादी अध्यक्ष दाहालले जनतासँग मिलेर माओवादीले नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने सङ्कल्प गरेको भन्दै यसलाई कसैले खेलाँची नठान्न पनि सुझाव दिए । ।

‘आज छोटो समयको सूचनामा तपाईंहरुको अपार उपस्थिति र उत्साहले हामीलाई नयाँ ऊर्जा दिएको छ, नयाँ आन्दोलनका निम्ति, नयाँ अभियानका निम्ति ! हामी हतारोमा छैनौँ,’ दाहालले भने, ‘तर, जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने सङ्कल्पमा छौँ । यसलाई कसैले खेलाँची नठानोस् ।’

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ३३ बजे

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका