बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन « Khabarhub

बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके– कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले जानकारी दिए ।

‘कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेस गर्न सूचना जारी गरिएको छ’, उनले भने, ‘कार्यक्रममा सहभागी हुन योग्य किसानको व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु स्वीकृत गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ ।’

कृषि ज्ञान केन्द्र बाँकेले चालु आवमा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम, वैजनाथ गाउँपालिकामा च्याउ प्रवर्द्धन र कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकामा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे तथा हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले कृषि ज्ञान केन्द्रले सञ्चालन गर्ने व्यावसायिक तरकारी प्रवर्द्धन र च्याउन प्रवर्द्धन कार्यक्रमबाट प्रत्यक्षरुपमा किसान लाभान्वित हुने भएकाले धेरैभन्दा धेरै किसानलाई सहभागी बनाउनुपर्ने बताए ।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले किसानसँग आवश्यक समन्वयको लागि आफूहरु सदैव तत्पर रहेकोसमेत बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : ४० बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले