बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके– कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले जानकारी दिए ।

‘कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेस गर्न सूचना जारी गरिएको छ’, उनले भने, ‘कार्यक्रममा सहभागी हुन योग्य किसानको व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु स्वीकृत गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ ।’

कृषि ज्ञान केन्द्र बाँकेले चालु आवमा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम, वैजनाथ गाउँपालिकामा च्याउ प्रवर्द्धन र कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकामा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे तथा हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले कृषि ज्ञान केन्द्रले सञ्चालन गर्ने व्यावसायिक तरकारी प्रवर्द्धन र च्याउन प्रवर्द्धन कार्यक्रमबाट प्रत्यक्षरुपमा किसान लाभान्वित हुने भएकाले धेरैभन्दा धेरै किसानलाई सहभागी बनाउनुपर्ने बताए ।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले किसानसँग आवश्यक समन्वयको लागि आफूहरु सदैव तत्पर रहेकोसमेत बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : ४० बजे

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न