अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाको  सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको  विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट  टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भइरहेको एनएसडब्लु प्रहरीले  उल्लेख गरेको छ ।  

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १२ : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा