सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ « Khabarhub

सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार जनताको हितविपरीतका गतिविधि गरिरहेकाले पार्टीले खबरदारी सभा आयोजना गरेको बताएका छन् । 

काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधनका क्रममा उनले सरकारका जनहितविपरीतका गतिविधि रोक्न माओवादीले खबरदारी सभा आयोजना गरेको बताए ।

उपाध्यक्ष श्रेष्ठले सत्तारुढ पार्टीहरू, ती पार्टीका नेताहरू र सरकार निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने काममा लागेको पनि आरोप लगाए ।

‘खबरदारी सभा सत्तारुढ पार्टीहरू, तीनका नेताहरू र सरकार पार्टीहित केन्द्रित, निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने, कुशासनको प्रक्रियालाई अगाडि बढाउने देश, जनताको हितविरुद्धको गतिविधि गरिरहेको परिप्रेक्ष्यमा त्यसको विरुद्ध जनदवाव दिन र त्यसलाई रोक्न र असफल पार्न आज हामीले विशाल खबरदारी सभा आयोजना गरेका हौँ,’ उनले भने ।

 उपाध्यक्ष श्रेष्ठले सरकारको भ्रष्टाचारविरुद्धको अभियान रोकेर भ्रष्टाचारी जोगाउन कांग्रेस–एमालेले प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे । 

‘भ्रष्टाचारविरुद्धको अभियनलाई रोक्न, भ्रष्टाचारीहरूलाई जोगाउन र आफूलाई भ्रष्टाचार गर्ने थलो पाउँ भनेर हाम्रो सरकार ढालेर यो सरकार खडा गरिएको त प्रष्ट नै छ,’ उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : ५४ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन