सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार जनताको हितविपरीतका गतिविधि गरिरहेकाले पार्टीले खबरदारी सभा आयोजना गरेको बताएका छन् । 

काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधनका क्रममा उनले सरकारका जनहितविपरीतका गतिविधि रोक्न माओवादीले खबरदारी सभा आयोजना गरेको बताए ।

उपाध्यक्ष श्रेष्ठले सत्तारुढ पार्टीहरू, ती पार्टीका नेताहरू र सरकार निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने काममा लागेको पनि आरोप लगाए ।

‘खबरदारी सभा सत्तारुढ पार्टीहरू, तीनका नेताहरू र सरकार पार्टीहित केन्द्रित, निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने, कुशासनको प्रक्रियालाई अगाडि बढाउने देश, जनताको हितविरुद्धको गतिविधि गरिरहेको परिप्रेक्ष्यमा त्यसको विरुद्ध जनदवाव दिन र त्यसलाई रोक्न र असफल पार्न आज हामीले विशाल खबरदारी सभा आयोजना गरेका हौँ,’ उनले भने ।

 उपाध्यक्ष श्रेष्ठले सरकारको भ्रष्टाचारविरुद्धको अभियान रोकेर भ्रष्टाचारी जोगाउन कांग्रेस–एमालेले प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे । 

‘भ्रष्टाचारविरुद्धको अभियनलाई रोक्न, भ्रष्टाचारीहरूलाई जोगाउन र आफूलाई भ्रष्टाचार गर्ने थलो पाउँ भनेर हाम्रो सरकार ढालेर यो सरकार खडा गरिएको त प्रष्ट नै छ,’ उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : ५४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले