सुडानमा मानवीय संकट बढ्दै गएको चेतावनी « Khabarhub

सुडानमा मानवीय संकट बढ्दै गएको चेतावनी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय संकट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।

दुई एजेन्सीहरूले संयुक्त विज्ञप्ति मार्फत यस वर्ष पाँच वर्ष मुनिका ३७ लाख बालबालिका  कुपोषणको जोखिममा रहेको जनाउदै उनीहरुले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् । 

उनीहरूले सबै प्रभावित समुदायहरूमा दिगो उपस्थिति राख्न अनुमतिसहित सहायता र प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार राष्ट्रसङ्घीय एजेन्सीको महत्वलाई जोड दिएका छन् ।

विशाल चुनौतीहरूको बावजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपतकालीन आश्रय र पानी , शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा वाह्य रुपमा एक करोड दश लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौँलाई भोकमरीको सँघारमा धकेलेको  जसमा आधिकांश  महिला तथा बालबालिका रहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : २७ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ