तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण  « Khabarhub

तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण 


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसमा किर्तिपुर नगरपालिका वार्ड न.६ को सामुदायिक वनमा केन्द्रीय समितिले वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन निर्देशन समितिको संयोजक पार्टीकी सहमहामन्त्री डिना उपाध्याय, विशेष अतिथि निवर्तमान तरुण दल अध्यक्ष राष्ट्रिय सभा सांसद जित जङ बस्नेत ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँ ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राजन केसीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशेष अतिथि एवं तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत केन्द्रिय सदस्यहरूले करिव १३० ओटा बिरुवाहरू रोपेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भने- ‘निलो क्रान्ति भनेर जुन भ्रम अहिले बजारमा छरिएको छ त्यसप्रति कडा टिप्पणी गर्दै वास्तवमा निलो क्रान्ति तरुण दलको झन्डामा अङ्कित छ र निलोले तरुणको जोस जाँगरलाई उजागर गर्छ ।’

अध्यक्ष गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा तरुण दलले अस्थायी टहरा बनाउने समेत जानकारी दिए ।

महाधिवेशन निर्देशन समितिको संयोजक एवं सदस्यहरूले पार्टीले तरुण दलको महाधिवेशन चैत भित्र सम्पन्न गर्ने म्यान्डेट दिएकोमा उक्त समयभित्र दलको महाधिवेशन गरि नयाँ नेतृत्व ल्याउने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ५५ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)