‘काण्ड मिलाउन बनेको सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्म प्रतिरोध’ « Khabarhub

‘काण्ड मिलाउन बनेको सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्म प्रतिरोध’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाहरू सवालमा सरकारलाई गम्भीर चुनौती दिएका छन्‌ । सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्मै प्रतिरोध गर्ने चेतावनी दाहालले दिएका हुन्‌ ।

शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिरलगायत काण्डबारे प्रश्न गरेका हुन् । 

‘प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने । 

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सत्ता पक्षीय दलका नेताहरूलाई सच्चिन सुझाव दिए । 

‘नत्र संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ । जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’ दाहालले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ । यो हर्कत सरकारका लागि महँगो पर्ने छ ।’

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ४१ बजे

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको