इजरायली आक्रमणपछि इरानद्वारा स्थगित उडान सुचारु « Khabarhub

इजरायली आक्रमणपछि इरानद्वारा स्थगित उडान सुचारु


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभाव स्वरुप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

इजरायलले इरानको राजधानी तेहरानमा शनिबार आक्रमण गरेको जनाइएको छ । इजरायलले देशबाट महिनौँ निरन्तर आक्रमणको जवाफमा इरानमा सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

इजरायली सेनाले एक विज्ञप्तिमार्फत इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको बताएको छ । 

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ५९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर