‘तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ’ « Khabarhub

‘तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताएका छन् ।

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गरे। 

‘कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका संकट र समस्या समाधान गर्न एकजुट हुनेछन् । जलवायु संकटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ’, उनले भने।

वित्तीय सहयोगबिना विकशील देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताए।

‘तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ । यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।’

जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौँलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने मन्त्री ठकुरीले जानकारी दिए।

सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नुका साथै नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको भन्दै मन्त्री ठकुरीले नेपालले विसं २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको जानकारी दिए। विद्युतीय सवारी प्रवर्द्धन तथा स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई विश्वले प्रशंसा गरेको उनले उल्लेख गरे । 

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेको, बाढीपहिरोलगायत जलवायुजन्य विपत्तिहरुले निरन्तर पुर्‍याइरहेको क्षतिकाबारेमा सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय, विज्ञ तथा सञ्चारकर्मीले जानकारी गराइरहेको बताए ।

सन् २०१५ मा भएको पेरिस सम्झौतासँगै विश्वले जलवायु परिवर्तनका विरुद्ध एकत्रित प्रयास गर्न एक साझा प्रतिवद्धताका साथ अघि बढेको बताउँदै मन्त्री ठकुरीले यो सम्झौताले विकासशील र विकसित देशबीच सहकार्य गर्दै समस्या समधान गर्न प्रोत्साहित गर्ने उल्लेख गरे। 

हाम्राजस्ता देशका लागि जलवायु परिवर्तनका प्रभाव गम्भीर बनेका बताउँदै सीमित स्रोत र साधनले यो समस्यासँग जुध्न नसकिने भएकाले बहुपक्षीय प्रक्रियामा सहभागी हुनु अत्यन्त महत्वपूर्ण रहेको उनले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ४८ बजे

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने