‘खानेपानीको समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारी’  « Khabarhub

‘खानेपानीको समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारी’ 


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्सा– खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारले ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् । 

रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक कार्यक्रमबीचको उद्‌घाटन गर्दै उनले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्‍याउने योजनामा सरकार रहेको बताए।

मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना  सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको बताए।

यसैगरी उनले काठमाडौँवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए। सो कार्य पूरा भएपछि काठमाडौँवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो । 

कार्यक्रममा रेडियो सञ्चालक नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेल, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले पत्रकारितामा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरेका थिए । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया