सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी « Khabarhub

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

रसुवा – अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो ।

सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको