इरानमा ‘आतङ्कवादी’ आक्रमण, १० प्रहरीको मृत्यु « Khabarhub

इरानमा ‘आतङ्कवादी’ आक्रमण, १० प्रहरीको मृत्यु


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

तेहरान – लामो समयदेखि अशान्तिले ग्रस्त रहेको दक्षिणपूर्वी इरानको एउटा क्षेत्रमा भएको ‘आतङ्कवादी’ आक्रमणमा कम्तीमा १० प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

आक्रमण राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर (७४५ माइल) दक्षिणपूर्वमा सिस्तान–बलुचिस्तान प्रान्तमा भएको उक्त आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्छ र इस्लामिक गणतन्त्रको सबैभन्दा गरिब प्रान्तमध्ये एक हो । यस प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसङ्ख्यक विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागूऔषध तस्करबीच बारम्बार झडपहरू भइरहेका छन् ।

शनिबारको आक्रमण पछिल्ला महिनाहरूमा यस क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक थियो । अक्टोबरको सुरुमा दुईवटा छुट्टाछुट्टै आक्रमणमा प्रान्तमा प्रहरी अधिकारीसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानी सुन्नी जिहादी समूह जैश अल–अदल – आर्मी अफ जस्टिस इन अरेबिकले टेलिग्राममा सन्देश पठाउँदै दुई आक्रमणको जिम्मेवारी लिएको छ । सन् २०१२ मा बलुच पृथकतावादीहरूले गठन गरेको समूहलाई इरान र संयुक्त राज्य अमेरिका दुवैले आतङ्कवादी सङ्गठन मान्छन् ।

मेहर एजेन्सीका अनुसार जनवरीको मध्यमा इरानबाट पाकिस्तानमा आक्रमण भएको थियो उक्त आक्रमणमा जैश अल–अदल मुख्यालयलाई निशाना बनाएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ५५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र