आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि « Khabarhub

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ ।

मेचीनगरको धुलाबारीमा आज भएको फाइनल खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई आयोजक रोलिङ क्लवले टाइब्रेकरमा पराजित गरेको हो । टाइब्रेकरमा रोलिङ क्लबले मानेभञ्ज्याङलाई ३–१ गोल अन्तरले जित निकालेको हो ।

खेलको ४२ औँ मिनेटमा रोलिङ क्लबका लागि रोहण कार्कीले पहिलो गोल गरेका थिए । मानेभञ्ज्याङका लागि ६६औँ मिनेटमा कप्तान सोनाम जङ्पोले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याच रोलिङ क्लबका गोल रक्षक युवराज पुरीलाई प्रदान गरिएको थियो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी दिइएको थियो ।

उपाधि विजेता रोलिङ क्लबले नगद रु तीन लाख, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता मानेभञ्ज्याङले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलरक्षक रोलिङ क्लबका अभिषेक बराल, उत्कृष्ट डिफेन्डर रोलिङ क्लवका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङ क्लबका नीरज कार्की, उच्च गोलकर्ता रोलिङ क्लवका उत्सव राई र प्रशिक्षक रोलिङ क्लबका सचिन्द्र धिमाल भए ।

रोलिङ क्लवका रोहण कार्की सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । कात्तिक ३ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका जम्मा आठ वटा टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : २६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल