देश र जनताको हितमा काम गरौँ : माधव नेपाल « Khabarhub

देश र जनताको हितमा काम गरौँ : माधव नेपाल


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन् ।

मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

“जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ सो आफ्नो ठाउँबाट गरौँ, देश र जनताको हितका लागि काम गरौं,” अध्यक्ष नेपालले भने, “हामी सबैको फरकफरक क्षमता दक्षता छ, त्यही दक्षता र क्षमताअनुसार देश र जनताका हितमा काम गर्ने हो ।” उनले देश र जनताको हितमा किताब लेखेर पनि काम गर्न सकिने बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसीले प्रकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाललाई विश्वमाझ चिनाउन यस्ता पुस्तक उपयोगी हुने चर्चा गरे।

त्यसअवसरमा लेखक निरौला, वागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्याम वस्नेतले पुस्तकमा नेपालको इतिहासमात्रै नभई सोलुखुम्बू जिल्लाको इतिहासबारे विस्तृत विवरण समेटेर त्यसबारे जानकारी दिन सफल रहेको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : २७ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा