शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा « Khabarhub

शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा रहेको फिल्म ‘मायावी’ शिवरात्रि अर्थात् फागुन १४ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

दोस्रो पटक प्रदर्शन मिति हेरफेर गरेको यो फिल्मले फागुन १४ मा टेलिसिरियल ‘सक्किागोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ र ‘होस्टल–३’सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

भदौ दोस्रो साता पहिलो पटक यस फिल्मको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको थियो । तत्कालीन समयमा उक्त मितिमा फिल्म ‘एक्टर’ र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आउने चर्चा थियो ।

निर्धारित समयमा ‘मायावी’ प्रदर्शनमा आएन । मायावीका निर्देशक दिवाकर भट्टराईले आफू अर्को फिल्म ‘नरसिंहा’मा व्यस्त भएकाले प्रदर्शन मिति हेरफेर गरेको दाबी गरेका थिए ।

भट्टराईले असोज १ गते सामाजिक सञ्जालमार्फत् फिल्मको नयाँ प्रदर्शन मिति पौष २६ गते तोकेका थिए ।

‘मायावी’ले दोस्रो पटक प्रदर्शन मिति हेरेफेर गर्दा पनि अन्य दुई फिल्मसँग प्रतिस्पर्धा हुने निश्चित छ । साउन ४ गते निर्माण घोषणा गर्ने बेलामै ‘लाज शरणम्’ले प्रदर्शन मिति शिवरात्रीलाई तोकेको थियो ।

त्यस्तै, भदौ तेस्रो साता छायाङ्नमा जानुअघि नै होस्टल-३ को प्रदर्शन मिति शिवरात्रिलाई तोकिएको थियो ।

लाज शरणम्को निर्देशन कुमार कट्टेल ‘जिग्री’ले गर्दैछन् । यसमा सागर लम्साल ‘बले’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठलगायतको अभिनय रहनेछ । कथा जिग्री स्वय‌काे हो ।

सशान कँडेलको निर्देशन रहने होस्टल–३ मा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तलगायतको अभिनय रहने बताइएको छ । यसको कथा निर्देशन कँडेलकै हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न