सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ « Khabarhub

सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी : सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ ।

गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र रु ७४ हजार ४५० रुपैयाँ असुल गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार आज बलात्कार घटनाका अभियुक्त सप्तरीको बोदे बरर्साइन नगरपालिका–६ का हृदयलाल यादवलाई पक्राउ गरिएको छ । अदालतबाट उनलाई छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला भएको जनाइएको छ ।

यसैगरी बोक्सीको आरोप लगाएको आरोपमा दुई महिना १९ दिन कैद सजायपश्चात् फरार रहेका सप्तरीको राजविराज नगरपालिका–९ का प्रदीप नुनिया पक्राउ परेका छन् । सप्तरीको सुरुङगा नगरपालिका–३ का जसीलाल चौधरीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी रु एक हजार असुल गरिएको प्रनाउ बस्नेतले बताए ।

बहुविवाहका फरार अभियुक्त सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अजय यादव र सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१४ का अभिजित मण्डल पनि पक्राउ परेका छन् । अदालतले यादवलाई २८ दिन कैद र रु १० हजार जरिवाना तथा मण्डललाई रु १० हजार जरिवानाको फैसला गरेको थियो ।

बिगो लेनदेन मुद्दामा फरार रहेका सप्तरीको महदेवा गाउँपालिका–२ का मिस्टर यादवलाई पक्राउ गरिएको छ । उनलाई १० महिना कैद सजायको फैसला भएको छ । यस्तै आठ महिना कैद सजायपछि फरार रहेका अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का भगवती भगत पक्राउ परेका छन् ।

चोरी आरोपमा उनलाई अदालतले आठ महिना कैदका साथै रु छ हजार छ सय ७८ जरिवाना गरेको छ । चोरी आरोपमा सप्तरीको मलेठ–७ का झरी सदा र सालको चिरान काठ चोरी आरोपमा सप्तरीको तिलाठी कोइलाडी–३ का वंशी मुखिया पक्राउ परेका छन् । सदालाई रु एक हजार र मुखियालाई रु दुई हजार एक सय ४० जरिवाना भएको छ ।

लागुऔषध मुद्दाका अभियुक्त राजविराज नगरपालिका– ९ का अरुणकुमार सदा पक्राउ परेका छन् । लागुऔषध आरोपमा उनलाई २३ दिन कैद र रु दुई हजार जरिवानाको फैसला भएको थियो ।

कुटपिट, लुटपाट मुद्दाका १० जना, कुटपिट मुद्दाका नौ जना, लुटपाट मुद्दाका दुई जना, सवारी अङ्गभङ्ग मुद्दाका दुई जना तथा कीर्ते, जालसाजी, गाली–बेइज्जती, चेक अनादर र नाता कायम मुद्दाका एक–एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी कैद र जरिवाना असुल गर्ने अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : २० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा