अमेरिकन र अष्ट्रेलियन डलर घट्यो : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकन र अष्ट्रेलियन डलर घट्यो : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ११ गते मंगलबार सन् २०२४ नोभेम्बर २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ। त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ।

यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा तय भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ०० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई