सकियो आइपिएल अक्सन : वार्नर अनसोल्ड हुँदा चर्चामा १३ वर्षीय वैभव सूर्यवंशी « Khabarhub

सकियो आइपिएल अक्सन : वार्नर अनसोल्ड हुँदा चर्चामा १३ वर्षीय वैभव सूर्यवंशी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

जेदाह – आइपिएलको दुई दिने मेघा अक्सनबाट १० टोली पूर्ण भएका छन्। यस आइपिएलका दोस्रो दिनको केही कारणले विशेष रहे। बिहारका

१३ वर्षीय वैभव सूर्यवंशी अक्सनमा चर्चामा रहे। बिहारका १३ वर्षीय युवा सूर्यवंशी आइपिएल इतिहासकै सबै भन्दा कान्छो खेलाडी भएका छन्। १३ वर्ष २४३ दिन पुरा भएका उनलाई राजस्थान रोयल्सले १.१ करोड भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको हो।

भारतीय यु–१९ टोलीका सदस्य रहेका उनले एक महिना अघि अस्ट्रेलियाले भारत भ्रमण गरेको समयमा पनि पारीको सुरुवात गर्दै शतक प्रहार गरेका थिए।

३० लाख बेस प्राइस रहेका उनका लागि दिल्ली क्यापिटल र राजस्थानले चासो दिएका थिए।

वार्नर र ठाकुर अनसोल्ड
३८ वर्षीय डेभिड वार्नर दोस्रो दिन पनि कुनै टोलीको आँखामा परेनन्। पहिलो दिन कसैको आँखामा नपरेका उनलाई दोस्रो दिन ‘एक्सीलेरेटेड’ राउन्डमा पनि कसैको चासो रहेन। वार्नर आइपिएलमा सबै भन्दा धेरै रन प्रहार गर्ने सूचीमा ओभरसिज खेलाडीमा पहिलो तथा समग्रमा चौथो खेलाडीको रूपमा पर्छन्। समग्रमा उनी चौथो स्थानमा छन्। उनी भन्दा धेरै रन विराट कोहली शिखर धवन र रोहित शर्माले मात्र प्रहार गरेका छन्।

भारतीय खेलाडी मध्य दुई करोड बेस प्राइस भएका शार्दूल ठाकुर पनि अनसोल्ड रहे। यस अक्सनमा भारतीय खेलाडीले ओभरसिज खेलाडीलाई छायामा पारी रहेको समयमा उनी भने अनसोल्ड रहेका हुन्।

गत जुनमा गोडाको शल्यक्रिया गरिएका उनले त्यस अघिको जुनदेखि भारतीय जर्सीमा कुनै खेल खेलेका छैनन्। पृथ्वी शा, जोनी बारिस्ट र डारियल मिचेल पनि यस आइपिएलमा अनसोल्ड रहे।

युवा खेलाडी प्रियांश आर्यमा धेरै खेलाडीको चासो
यस आइपिएलका अर्का युवा प्रियांश आर्य पनि धेरैको चासोमा रहे। दिल्ली क्यापिटल, पन्जाब किङ्स र रोयल च्यालेन्जर बंगलोरले चासो दिएका उनलाई अन्त्यमा ३.८० करोड भारतीय रुपैयाँमा पन्जाबले टोलीमा राखेको छ।

यो वर्ष दिल्ली प्रिमियर लिगमा तहल्का मच्चाएका उनी हरेक बलमा छक्का प्रहार गर्न चाहने खेलाडी हुन्। उनले त स्पिनरलाई अझ बढी सताउने गरेका छन्। उनी हालका भारतीय टोलीका प्रशिक्षक गौतम गम्भीरबाट प्रभावित छन्।

दोस्रो दिन भारतीय पेस बलर महँगो
अक्सनको पहिलो दिन ५ भारतीय खेलाडी सबै भन्दा महँगो साबित भएको समयमा दोस्रो दिन पनि सबै भन्दा धेरै रकममा बिक्री हुनेमा भारतीय पेस बलर भुवनेश्वर कुमार रहे। उनलाई रोयल च्यालेन्जर बंगलोरले १०.७५ भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको हो।

दीपक चाहर मुम्बई इन्डियनमा ९.२५ भारतीय रुपैयाँमा आबद्ध भए भने आकाश दीप लखनउ सुपर जेन्ट्समा आठ करोड भारतीय रुपैयाँमा आबद्ध भए। यसै गरी मुकेश कुमार दिल्ली क्यापिटलमा आठ करोड रुपैयाँमा आबद्ध भए।

यी सबै भन्दा फर्ममा रहेका दक्षिण अफ्रिकी बलिङ अलराउण्डर मार्को जेन्सन पन्जाबमा सात करोड रुपैयाँमा आबद्ध भए। तुलसार देस पाण्डे राजस्थान रोयल्समा ६.५० करोड भारतीय रुपैयाँमा अनुबन्ध भए। आरसिसीले स्पिन अलराउण्डर क्रुनाल पाण्डेलाई ५.७५ करोडमा अनुबन्ध गरेको छ भने राजस्थान रोयल्स नितिस रानालाई ४.२० करोडमा अनुबन्ध गर्न सफल भयो।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : २० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल