आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै « Khabarhub

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मङ्सिर ११ गते यो दिवस मनाइँदै आएको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।

कोषले आजको कार्यक्रममा टिकटक प्रतियोगिताका विजेता घोषणा र पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । जसमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोषमा अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ र वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ जना छन् । यस्तै,  स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध रहेको कोषको तथ्यांक छ ।

२०७५ साल मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार