आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै | Khabarhub Khabarhub

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मङ्सिर ११ गते यो दिवस मनाइँदै आएको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।

कोषले आजको कार्यक्रममा टिकटक प्रतियोगिताका विजेता घोषणा र पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । जसमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोषमा अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ र वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ जना छन् । यस्तै,  स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध रहेको कोषको तथ्यांक छ ।

२०७५ साल मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ५२ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा