भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि  « Khabarhub

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि 


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धि हो ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक महिनासम्म) मा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।

कार्यालय प्रमुख दीलिपकुमार गौतमले चालू आवको प्रथम चौमासिकमा गतवर्ष भन्दा धेरै कर संकलन भए पनि लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ७७ प्रतिशत मात्रै कर उठाउन सफल भएको जानकारी गराए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०८१-८२ मा गत आर्थिक वर्ष २०८०-८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।

कार्यालयका कर अधिकृत सराजेकुमार सिंहले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगति हासिल हुने आशा व्यक्त गरे । त्यसका लागि त्यही गतिमा लागिपरेका छौं, उनले थपे, आशा छ, हामी सबैको सहकार्यबाट यो सम्भव हुनेछ । 

कार्यालयका अनुसार कार्यालयमा करदाताको जम्मा सङ्ख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँच हजार ६ सय ६५ रहेको छ । यस आव साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँच सय ८१ करदाताहरू दर्ता भएका छन् ।  

नेपाल सरकारले यसवर्ष देशभरि मंसिर १ गतेदेखि ७ गतेसम्म १३ औं राष्टिय कर दिवस २०८१ मनाएको थियो । यो वर्षको दिवसको नारा कर प्रणालीको सार, लगानीको आधार रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : १७ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा