भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि  « Khabarhub

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि 


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धि हो ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक महिनासम्म) मा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।

कार्यालय प्रमुख दीलिपकुमार गौतमले चालू आवको प्रथम चौमासिकमा गतवर्ष भन्दा धेरै कर संकलन भए पनि लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ७७ प्रतिशत मात्रै कर उठाउन सफल भएको जानकारी गराए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०८१-८२ मा गत आर्थिक वर्ष २०८०-८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।

कार्यालयका कर अधिकृत सराजेकुमार सिंहले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगति हासिल हुने आशा व्यक्त गरे । त्यसका लागि त्यही गतिमा लागिपरेका छौं, उनले थपे, आशा छ, हामी सबैको सहकार्यबाट यो सम्भव हुनेछ । 

कार्यालयका अनुसार कार्यालयमा करदाताको जम्मा सङ्ख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँच हजार ६ सय ६५ रहेको छ । यस आव साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँच सय ८१ करदाताहरू दर्ता भएका छन् ।  

नेपाल सरकारले यसवर्ष देशभरि मंसिर १ गतेदेखि ७ गतेसम्म १३ औं राष्टिय कर दिवस २०८१ मनाएको थियो । यो वर्षको दिवसको नारा कर प्रणालीको सार, लगानीको आधार रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : १७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको