रविलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

रविलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्नुपर्ने माग राख्दै रास्वपा सुभेक्छुकले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । उनको टेलिभिजन नारीका प्रस्तोताहरू र अन्य केही  शुभेच्छुकले माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा ‘रविदाईलाई न्याय दे’ ‘रविदाईलाई रिहा गर’ ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नाराहरू भएका प्लेकार्ड बोकेका छन् । उनको प्रदर्शनमा रास्वपाका अन्य नेता कार्यकर्ताको उपस्थिति छैन । 

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकारी  बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ।

यसअगाडि उनलाई रूपन्देही पनि अनुसन्धानका लागि लगिएको थियो । बिहानको टिकट रद्ध गरेर आज बेलुका रविलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : ५२ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।