बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी « Khabarhub

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजन लिगका १४ मध्ये १० क्लबले ३ वर्षअघिको लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको मिति सार्वजनिक गरेको एक सातापछि १० क्लबले एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन् । उनीहरूले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बक्यौता रकम नपाएसम्म लिग नखेल्ने अडान लिएका हुन्।

मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबीचको बैठकले माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले मंसिर २१ गतेभित्र क्लब दर्ता गर्ने र पुस १३ गते तालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

विज्ञप्ति जारी गर्नेमा अन्नपूर्ण क्लब, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज, नयाँबस्ती युथ क्लब, वीरगन्ज युनाइटेड, टुसार युथ क्लब, ब्वाइज युनियन, च्यासल युथ क्लब र झापा फुटबल क्लबले बक्यौता रकम माग गरेका हुन् ।

‘बी’ डिभिजन लिग पछिल्लो पटक ३ वर्षअघि भएको थियो 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको