धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर | Khabarhub Khabarhub

धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरपालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए।

धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलब तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ ।

उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो । सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौं अघि थिए । आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरू डोजरसहित ती संरचना भत्काउन खटिएका छन् । धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका  अतिक्रमित सबै संरचना भत्काइएका छन् ।

भत्किएको स्थानबाट घरधनी तथा पसलेहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन् । मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले सडक मिचेर बनाइएका सबै संरचना हटाइने जनाउँदै पाँच दिनभित्रमा सडकको ४२ मिटर क्षेत्र खाली गरिने बताए। बजार क्षेत्रमा अतिक्रमण गरेर ५२ वटा सटर बनेको वडाध्यक्ष खनालले बताए।

 उनले भने, ‘सडकको मापदण्डभित्र ४२ मिटर क्षेत्र पर्छ । त्यसभित्रका संरचनामा डोजर चल्छ ।’

धुलाबारी मुलुककै पुरानोमध्येको एक बजार हो । कुनैबेला हङकङ मार्केटको रुपमा यसको ख्याति दार्जिलिङ, कोलाकाता, आसाम र भुटानसम्म फैलिएको थियो । उताका व्यवसायी तथा धनाढ्यहरू महँगा चिनियाँ सामान किन्न धुलाबारी आउने गर्थे । भारत र चीनबीच नाका खुला गर्ने नयाँ व्यापार सम्झौता भएपछि धुलाबारी बजार सुस्ताउँदै गएको थियो । 

गुल्जार भएका बेला धुलाबारी बजार क्षेत्रमा व्यापारिक उद्देश्यले जथाभावी घर तथा पसल निर्माणको लहर चल्यो । त्यही बेला पक्की संरचना सडक सीमा क्षेत्रभित्रै बनेका थिए । 

विसं २०८२ असार ३१ गतेभित्र निर्माण पूरा गर्ने गरी भारत विहारको निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिले सडकको ठेक्का पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ३९ बजे

‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन

चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास

कलकत्ता– एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने 

काठमाडौं– अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ  ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं – अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

एजेन्सी – सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश