धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से « Khabarhub

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले समेत स्वागत गरेको छ । शेयर बजारले हरियो देखाएर श्रेष्ठलाई स्वागत गरेको हो ।

श्रेष्ठ नियुक्त भएको दोस्रो दिन अर्थात मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । आज नेप्से एकै दिन १.२४ प्रतिशतले बढ्दा ७ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदासम्म २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज ३१२ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५७२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री-स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्क सर्किट लागेको छ ।

आज १३ समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह १.९७ प्रतिशतले बढेर ३ हजार ५७६.९० बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२३ प्रतिशतले बढेर २१.८६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.२० प्रतिशतले, विकास बैंक ०.४९ प्रतिशतले, फाइनान्स १.५१ प्रतिशतले, होटल तथा पर्यटन ०.६४ प्रतिशतले, लगानी १.१३ प्रतिशतले, जिवन बीमा १.०२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०८ प्रतिशतले, लघुवित्त ०.८५ प्रतिशतले, निर्जीबन बीमा ०.८१ प्रतिशतले, ट्रेडिङ १.२९ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : २३ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल