धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से « Khabarhub

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले समेत स्वागत गरेको छ । शेयर बजारले हरियो देखाएर श्रेष्ठलाई स्वागत गरेको हो ।

श्रेष्ठ नियुक्त भएको दोस्रो दिन अर्थात मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । आज नेप्से एकै दिन १.२४ प्रतिशतले बढ्दा ७ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदासम्म २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज ३१२ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५७२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री-स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्क सर्किट लागेको छ ।

आज १३ समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह १.९७ प्रतिशतले बढेर ३ हजार ५७६.९० बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२३ प्रतिशतले बढेर २१.८६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.२० प्रतिशतले, विकास बैंक ०.४९ प्रतिशतले, फाइनान्स १.५१ प्रतिशतले, होटल तथा पर्यटन ०.६४ प्रतिशतले, लगानी १.१३ प्रतिशतले, जिवन बीमा १.०२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०८ प्रतिशतले, लघुवित्त ०.८५ प्रतिशतले, निर्जीबन बीमा ०.८१ प्रतिशतले, ट्रेडिङ १.२९ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : २३ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री