नेत्रहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानपछि दक्षिण अफ्रिकालाई हरायो « Khabarhub

नेत्रहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानपछि दक्षिण अफ्रिकालाई हरायो


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानपछि बलियो टोली दक्षिण अफ्रिकालाई पनि हराएको छ ।

जहाजको टिकट काट्ने पैसा नभएपछि रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो चौथो खेलमा मंगलबार दक्षिण अफ्रिकालाई पनि हराउन सफल भएको हो ।

पाकिस्तानमा जारी नेत्रही टी-२० क्रिकेट विश्वकपमा नेपालले मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १९९ रनको चुनौती दिएको थियो। नेपालको कठिन चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १८७ रनमा समेटियो । पराजित दक्षिण अफ्रिकाका लागि बुले भिडलाले अविजित शतक बनाए पनि जित दिलाउन सकेनन् ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । नेपाललाई शानदार स्कोरतर्फ अघि बढाउने क्रममा नरेश चौधरीले सर्वाधिक ८० रनको गतिलो पारी खेले ।

यसअघि पहिलो र दोस्रो खेलमा नेपाली टोलीले हारको सामना गरेको थियो । सोमबार पहिलो जित निकाल्दा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ३७ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका