नेपालका दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान « Khabarhub

नेपालका दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलविद्युत‍्को पहुँच नएभका नेपालका हिमाली र पहाडी गाउँहरूमा चीनले ‘ग्रामीण उज्यालो’ अभियान सञ्चालन गरेको छ ।

‘ग्रामीण उज्यालो’ अभियानअन्तर्गत चीनका विभिन्न निकाय र राज्यबाट सौर्य बत्ती अनुदान दिन थालिएको हो ।

यस परियोजनाले नेपालका दुर्गम गाउँहरूमा सोर्य ऊर्जामार्फत् उज्यालो पुर्‍याइरहेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानरकारी दिइएको छ ।

सौर्य ऊर्जा अनुदान कार्यक्रममार्फत् गाउँलेहरूको जीवनस्तरमा सुधार गर्ने, बालबालिकाको पठनपाठनमा सहजता ल्याएर शैक्षिक विकासलाई बढावा दिने तथा नेपालमा चीनको निरन्तर सहयो र परोपकारी अभियानलाई अघि बढाउने प्रयास गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपालले लामो समयदेखि दुर्गम क्षेत्रहरूमा विद्युत् अभावको सामना गरिरहेको छ। रातको समयमा बत्तीको अभावले गाउँलेहरूको दैनिक जीवन, शिक्षा र सुरक्षा चुनौती हुन गरेका छन् । उज्यालो अभावले दैनिक क्रियाकलापमा बाधा पुर्‍याउने मात्र होइन, बालबालिकाको उज्यालो भविष्य सुरक्षित गर्ने सम्भावनालाई कमजोर बनाउने भएकाले त्यसलाई हटाउन यो अभियान चलाइएको बताइएको छ ।

नेपालका दुर्गम गाउँमा उज्यालो पुर्‍याउन नेपालस्थित चिनियाँ दूतावास, चोङकिङ हुयान मठ र चोङकिङ हुयान एजुकेशन एण्ड कल्चर फाउण्डेसनले संयुक्त रूपमा ‘ग्रामीण उज्यालो’ सौर्य बत्ती जडान परियोजना शुभारम्भ गरेका छन् ।

यस अभियानबाट नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरधुरीलाई हरिता र वातावरणमैत्री सौर्य बत्तीहरू उपलब्ध गराइने छ । यसले ग्रामीणबासीको जीवनस्तरमा सुधार ल्याउने, शिक्षाको प्रवर्द्धन गर्ने र दिगो विकासलाई समर्थन गर्ने बताइएको छ । पहिलो चरणमा आयोजनाले काभ्रेपलाञ्चोकको मिन्डुपा र सिम गाउँका ८० घरधुरीमा उज्यालो बलिसकेको छ ।

यसले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा पनि महत्त्वपूर्ण योगदान दिने फाउन्डेसनले उल्लेख गरेको छ । यसबाहेक चोङकिङ हुयान र चोङकिङ हुयान एजुकेशन एण्ड कल्चर फाउण्डेशनले नेपालमा सुरक्षित, स्वच्छ र दिगो खानेपानी उपलब्ध गराउन ‘मन्ना परियोजना’ सुरु गर्ने योजना बनाएको छ।

पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका काउन्सिलर सी वाङले भने, ‘ग्रामीण उज्यालो परियोजनामार्फत नेपालका दुर्गम क्षेत्रका परिवारमा उज्यालो र आशा ल्याउने लक्ष्य लिएका छौँ । यसले उनीहरूको जीवनस्तरमा सुधार हुनेछ । हामी शिक्षा भाग्य परिवर्तनको लागि बाटो हो भन्ने कुरामा विश्वास गर्छौँ । यो लक्ष्य प्राप्त गर्न उज्यालो बत्ती आवश्यक छ।’

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ५ : ४५ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका