दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो | Khabarhub Khabarhub

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ ।

पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । 

यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलंकासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अंक पर्याप्त बनेन ।

उनले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिए । त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाए । लेसेडी लेसुफी ११ रनमा अविजित रहे ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए । उनले ५७ बल खेल्दै चार चौका प्रहार गरे ।

सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : २३ बजे

सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ

सप्तरी : सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना

हिन्दू विश्वविद्यालयका प्राध्यापक भन्छन् : ‘नेपालमा गणतन्त्र सफल छ’

काठमाडौं : विश्व हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा

आजका समाचार : एमालेका अर्का सांसद पार्टीबाट निलम्बित, रवि पोखरामै अड्किए र पाकिस्तानमा चर्कियो आन्दोलन 

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री केपी शर्मा

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

काठमाडौं – विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२

पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक पक्राउ

पोखरा- वन्यजन्तु नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई