प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू « Khabarhub

प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर बालुवाटार पुगे‍का विप्लवले मंसिर १७ देखि हुने चीन भ्रमणबारे चासो राखेका छन् ।

विप्लव र प्रकाण्ड दुवैजना नेताले प्रधानमन्त्री ओलीलाई नेपालमा अहिले भइरहेको विरोधलाई देखेर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहितका परियोजना कार्यान्वयनमा लैजाने प्रक्रियामा रोकिन नहुने सुझाएका छन् । उनीहरूले नेपालमा भएको केही विरोधका स्वरले बीआरआईलाई रोकेर राखिरहन नहुने बताएका हुन् ।

दुवै नेताले बीआरआईसहितका चिनियाँ परियोजनालाई लिएर नेपाल भइरहेको विरोधका उद्देश्य प्रष्ट रहेको बताउँदै त्यसमा ध्यान नदिई कार्यान्वयनतर्फ अघि बढ्न भनेका हुन् ।

उनीहरूले ओलीलाई राष्ट्रहित हेरेर निर्णय लिन सुझाव दिए । भेटघाटपछि नेता प्रकाण्डले नेपालमा भइरहेको विरोधलाई देखाएर बीआरआईसहितका परियोजना अघि बढाउने कुरामा चीन गएर खुट्टा नकमाउन ओलीलाई सुझाव दिएको बताएका छन् ।

भेटका क्रममा विप्लवले ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियामा फर्किने गरी भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था पनि स्मरण गराएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आउनुअघि विप्लव नेतृत्को नेकपा र तत्कालीन ओली सरकारबीच तीन बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : २० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण