बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक (तस्बिरहरू) « Khabarhub

पाकिस्तानमा तनाव

बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक (तस्बिरहरू)


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- तीन दिनदेखि देशभरबाट भेला भएका इमरान खानका समर्थक अन्तत: राजधानी इस्लामावादको मुख्य चोकमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा करिब दर्जनको ज्यान गइसकेपछि सरकारी अवरोध छिचोल्दै समर्थकहरू राजधानीको मुख्य चोकमा छिरेका हुन् ।

पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले सोमबार सम्बोधन गरेको इस्लामावादस्थित डी-चोकमा इमरानका समर्थक पुगेका हुन् ।

पाकिस्तानी अनला इन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर, दुईजना प्रहरी जवान र दुईजना प्रदर्शनकारी थिए ।

पाकिस्तानी सरकारले इमरानका समर्थकलाई इस्लामावादको डी-चोकमा छिर्न नदिन मुख्य नाकाभर कडा नाकाबन्दी गरेको थियो । सडकलाई सुरक्षाकर्मीले त छेकेका थिए नै मालसामान ओसार्ने ठूला ठूला कन्टेनरका डब्बा पनि राजमार्गमा थुपारिएका थिए ।

अग्ला-अग्ला कन्टेनर घरकै आकारमा थुपारिए पनि इमरानका समर्थनकले तिनलाई छिचोल्दै इस्लामावादको मुख्य चोकसम्म पुग्न सफल भएका हुन् । उनीहरूले एक वर्षदेखि जेलमा थुनिएका इमरानलाई कुनै पनि हालतमा रिहा गर्नुपर्ने अडान राखेका छन्।

इमरानका समर्थकको प्रदर्शनका कारण सरकार पनि अत्तालिएको छ । उसले इमरानका समर्थक रोक्न सेनालाई गुहारेको थियो । सडकमा सेना उत्रिए पनि इमरानका समर्थकले आफ्नो लक्ष्य डी-चोकमा मंगलबार अपरान्ह पाइला राखिसकेका छन् ।

सबै तस्बिरहरू : एएफपी

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार