पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक पक्राउ « Khabarhub

पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- वन्यजन्तु नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ।

विमानस्थलको आन्तरिक प्रस्थान गेटस्थित एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त सिङसहित युक्रेनी नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को कार्यालयमा बुझाएको छ।

उनलाई अनुसन्धानका लागि एक्यापको नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा अघि बढाइने बताइएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : ३१ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का