आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर २६ तारिख। पौष कृष्ण पक्षको एकादशी तिथि। सफला एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मन खुशी रहनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षीमाथि विजय प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। साथीभाइले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त बन्नेछ। पढाइमा मन नजाँदा निराशा बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ। साथीभाइले सहयोग गर्नेछन्।

मिथुन : मन अशान्त रहनेछ। साना कुरामा निराशा बढ्नेछ। मनमा भएका असन्तुष्टि साथीलाई सुनाएमा मन शान्त हुनेछ। परिवारमा विवाद गरेमा घाटा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ। परिवारसँग बसेर रमाइलो गर्ने समय छ। राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन्। लामो दूरीको यात्रा तय हुनेछ।

सिंह : मन असन्तुष्टि बढ्नेछ। साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ। मनमा खटपटी बढे पनि दिनको समयमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ। साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन्। व्यापारमा लगानी गर्ने भए तपाईंका लागि दिन अनुकुल छ। परिवारमा सुख प्राप्त हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

तुला : दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ। घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ। साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ।

मकर : कम बोल्ने बानीले मानसिक चिन्ता बढ्नेछ। व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने जोखिम छ। राज्यको माथिल्लो तहबाट भय र त्रास बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : ११ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या