बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर २६ तारिख। पौष कृष्ण पक्षको एकादशी तिथि। सफला एकादशी व्रत।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : ३१ बजे

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ

युक्रेनका लागि नाटो सदस्यता व्यवहारिक भएन : अमेरिकी राष्ट्रपति ट्रम्प

न्युयोर्क – ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा

काठमाडौं – घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय