काठमाडौं- केही दिनयता पानी पर्न खोजेसँगै काठमाडौंमा चिसो बढेको छ। मंगलबार राति केहीबेर काठमाडौंमा पानी पर्न खोजेको थियो ।
तर राम्ररी बर्षात् हुन सकेको छैन । चिसो बढ्दै गएपछि काठमाडौंबासीको दैनिक जीवन पनि असहज हुँदै गएको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो बिहीबार न्यूनतम् तापक्रम घटेर ४.५ डिग्रीमा झरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।
उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् ।
चिसो बढ्दै जाँदा चिकित्सकहरूले सबेरै बिहान मर्निङ वाकमा ननिस्किन पनि सुझाएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया