सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ « Khabarhub

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय माेरङले बलात्कारको आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, माेरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।

कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो ।

स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।  प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको  खुलेको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १ : १२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख