भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने « Khabarhub

भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

हैदराबाद- तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २- द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।

यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो ।

अभिनेता अल्लु अर्जृनकाका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन । चलचित्र निर्माता अरविन्दले पत्रकारहरुसँग भने कि दुई करोडमध्ये १ करोड छोराले तिर्नेछन भने बाँकी रहक फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्नेछन् ।

‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायका रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र सहयोगमा राखिएको छ ।’

‘पीडित परिवार र हामी बीचको मध्यस्थताको लागि दिल राजुप्रति आभारी छौं,’ उनले भने ।

अभिनेताका बुबाले पनि बालको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन ।

‘अहिले भेन्टिलेटरबाट हटाइएको छ र उनी आफैँ सास फेर्न सक्ने भएको खबर सुन्न पाउँदा हामी खुसी छौं। डाक्टरहरू सकारात्मक छन्, उनी छिट्टै हामीसँगै हिँड्ने छन् भन्ने कामना गर्दछौं, यो हाम्रो विश्वास र हाम्रो प्रार्थना हो।’

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस