भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने « Khabarhub

भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

हैदराबाद- तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २- द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।

यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो ।

अभिनेता अल्लु अर्जृनकाका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन । चलचित्र निर्माता अरविन्दले पत्रकारहरुसँग भने कि दुई करोडमध्ये १ करोड छोराले तिर्नेछन भने बाँकी रहक फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्नेछन् ।

‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायका रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र सहयोगमा राखिएको छ ।’

‘पीडित परिवार र हामी बीचको मध्यस्थताको लागि दिल राजुप्रति आभारी छौं,’ उनले भने ।

अभिनेताका बुबाले पनि बालको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन ।

‘अहिले भेन्टिलेटरबाट हटाइएको छ र उनी आफैँ सास फेर्न सक्ने भएको खबर सुन्न पाउँदा हामी खुसी छौं। डाक्टरहरू सकारात्मक छन्, उनी छिट्टै हामीसँगै हिँड्ने छन् भन्ने कामना गर्दछौं, यो हाम्रो विश्वास र हाम्रो प्रार्थना हो।’

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १ : १२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन