काठमाडौं– लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघले ऐक्यबद्धता जनाएको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यबद्धता जनाएको हो । तलब भत्ता सेवा सुविधा तथा वृद्धि विकासको माग गर्दै केही एकेडेमीमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको उनीहरूले आरोप लगाएका छन् ।
अस्पतालमा कार्यरत कर्मचारी तलब-भत्ता तथा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
‘स्वास्थ्य क्षेत्र जस्तो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरूका जायज माग यथाशीघ्र सम्बोधन गर्न अस्पताल व्यवस्थापन तथा सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ ।’ नर्सिङ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया