रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर « Khabarhub

रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा पूर्वगृहमन्त्रीसमेत रहेका रविको बयान थालिएको हो । तीन घण्टा चलेको उक्त बयानका क्रममा रविले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

प्रहरी र सरकारी वकिलमाझ जस्तै अदालतमा पनि रविले इन्कारी बयान दिएका हुन् । उनले इजलासमा बयानका क्रममा सबै कसुरमा आफ्नो संलग्नता दाबी गरेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

उनीविरुद्ध २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ । तर उनले सहकारी ठगीसहितका प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।

लामिछानेको बयान बिहीबार पनि नसकिएकाले शुक्रबार पनि जारी हुने छ । प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस थालिनेछ ।

थुनथेक बहसपछि लामिछानेसहितका प्रतिवादीबारे अदालतले आदेश दिनेछ । थुनामा पठाउने या बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश अदालतबाट आउनेछ ।

कास्की जिल्ला अदालतमा यसअघि यस प्रकरणमा प्रतिवादीहरू पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईंको बयान भइसकेको छ।

यस प्रकरणमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको छ।

उता सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । उनका साझेदार जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ।

छविलालविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ ।

रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भइसकेको छ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ६ : १० बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले