भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान | Khabarhub Khabarhub

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ ।

रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपिआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताए। उनले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन  लगाउँदा पनि पहिचान गर्न सकिने बताए।

उनका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ  ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : ०२ बजे

एन्फा यूथ लिग : हिमालयन शेर्पालाई हराउँदै सातदोवाबाटो विजयी

काठमाडौं – सातदोबाटो यूथ क्लबले विजय हासिल गरेको छ । एन्फा

माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ ।

अर्थसंक्षेप : अगाडि बढ्न सकेन फाइभ–जी, ६ महिनामा सरकारको खर्च ३५ प्रतिशत

काठमाडौं– दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री

‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

एजेन्सी– हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको