एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश « Khabarhub

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

आजियाटाले स्पेक्ट्रलाइट (युके) लिमिटेडसँग गरेको ८० प्रतिशत सेयर खरीद–बिक्री सम्झौता रद्द गर्न अन्तरिम आदेशको माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथिको सुनुवाइ गर्दै विहीबार अदालतले एनसेलमाथि प्रभावकारी नियमनका लागि प्राधिकरणका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

एनसेलको सेयर खरीदबिक्री सम्झौतालाई प्राधिकरणले यसअघि नै नियमविपरीत भएको भन्दै पत्रचार गरिसकेको हुनाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भन्दै सर्वोच्चले निवेदकको मागवमोजिमको आदेश जारी गरिरहनु नपर्ने र रिट निवेदन खारेज हुने ठहर गरेको छ ।

तर, विदेशी लगानीबाट सञ्चालित कम्पनीहरुको सञ्चालन र नियमनमा स्पष्टता तथा प्रभावकारिता अभिवृद्धिका लागि सम्बन्धित पक्षलाई केही निर्देशनहरु समेत जारी गर्न इजलासले आवश्यक देखेको सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ ।

हेर्नुहोस् अदालतको संक्षिप्त आदेश–

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ९ : १२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट