स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ « Khabarhub

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेका छौँ ।”

पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ९ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया