आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ? « Khabarhub

आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो ।

कारोबार अवधिभर आज चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच भएको हो ।

आज ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज दिनभरमा ३२० वटा कम्पनीको शेयर कारोबार भएको हो । ५६ हजार ६४६ पटक शेयर किनबेच भएको छ ।

आज पाँच कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । पाँच समूह बढेको छ भने ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा १.५१ प्रतिशतले बढेर १२ हजार ८२५.७८ विन्दुमा पुगेको छ । सबैभन्दा कम ट्रेडिङ समूह ०.३९ प्रतिशतले बढेर तीन हजार ५५९.७९ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स समूह १.११ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६९ प्रतिशतले र हाइड्रोपावर समूह ०.४७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.३० प्रतिशतले घटेर १५०३.६२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम लगानी समूह ०.१७ प्रतिशतले घटेर १०४.३५ विन्दुमा अएको छ ।

त्यस्तै, विकास बैंक ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशतले, लघुवित्त ०.७३ प्रतिशतले, म्युचुअल फण्ड ०.४२ प्रतिशतले, निर्जीवन बीमा ०.४४ प्रतिशतले र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ३ : ४९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित