आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ? « Khabarhub

आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो ।

कारोबार अवधिभर आज चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच भएको हो ।

आज ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज दिनभरमा ३२० वटा कम्पनीको शेयर कारोबार भएको हो । ५६ हजार ६४६ पटक शेयर किनबेच भएको छ ।

आज पाँच कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । पाँच समूह बढेको छ भने ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा १.५१ प्रतिशतले बढेर १२ हजार ८२५.७८ विन्दुमा पुगेको छ । सबैभन्दा कम ट्रेडिङ समूह ०.३९ प्रतिशतले बढेर तीन हजार ५५९.७९ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स समूह १.११ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६९ प्रतिशतले र हाइड्रोपावर समूह ०.४७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.३० प्रतिशतले घटेर १५०३.६२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम लगानी समूह ०.१७ प्रतिशतले घटेर १०४.३५ विन्दुमा अएको छ ।

त्यस्तै, विकास बैंक ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशतले, लघुवित्त ०.७३ प्रतिशतले, म्युचुअल फण्ड ०.४२ प्रतिशतले, निर्जीवन बीमा ०.४४ प्रतिशतले र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ३ : ४९ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार