आकाशमै फनफनी घुमे यी विमान « Khabarhub

आकाशमै फनफनी घुमे यी विमान


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत देशभर झरी परिरहेको छ । बिहीबार साँझदेखि परेको झरीले सडक र हवाई यातायात प्रभावित छ ।

लगातार पानी पर्दा विमान उडान र अवतरणमा समस्या पर्ने गर्छ । यही समस्या यतिखेर नेपाल गन्तव्य बनाएका दुई विमानले भोगिरहेका छन्‌ । झरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ती जहाजले आकाशमै चक्कर लगाइरहेका छन्‌ ।

फ्लाइटराडारट्वान्टीफोरडटकम का अनुसार भारतको राजधानी नयाँ दिल्लीबाट बिहान ११ः३३ मा काठमाडौंका लागि उडान भरेको इन्डिगो एअरलाइन्सको जहाज पूर्वनिर्धारित समयअनुसार दिउँसो १ः०५ मा अवतरण भइसक्नुपर्ने हो ।

तर, काठमाडौंमा लगातार वर्षा र कम भिजिबिलिटी भएपछि यो विमानले भारत र नेपालको सीमा वरपर झण्डै दर्जन फन्को लगायो । सो विमान पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण भएको छ ।

काठमाडौंबाट भारतको मुम्बई उडान भर्न खोजेको नेपाल एअरलाइन्सको विमान पनि त्रिभुवन विमानस्थलमै रोकियो । दिउँसो २ बजे उड्नुपर्ने विमान झरीका कारण रोकिएर २ः३० मा बल्लतल्ल उडेको छ । तर, काठमाडौंलाई नै फन्को लगाउन थालेको छ ।

थाइ एअरवेजको टीजी३१९ कलसाइनको विमानले पनि आज नेपाल र भारतको सीमावर्ती क्षेत्रमा निकै चक्कर लगायो । बैंककबाट १०ः२८ मा उडेको सो विमान पूर्वनिर्धारित तालिकाअनुसार मध्याह्न १२ः२५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइसक्नुपर्ने थियो ।

तर, नेपालमा परेको अविरल झरीले यो विमानलाई पनि रन-वेमा आउन दिएन । आकाशमा फन्कै फन्का लगाएर झण्डै दुई घण्टा ढिला गरी दिउँसो २ः१८ मा मात्र अवतरण भयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ४६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया