आकाशमै फनफनी घुमे यी विमान « Khabarhub

आकाशमै फनफनी घुमे यी विमान


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत देशभर झरी परिरहेको छ । बिहीबार साँझदेखि परेको झरीले सडक र हवाई यातायात प्रभावित छ ।

लगातार पानी पर्दा विमान उडान र अवतरणमा समस्या पर्ने गर्छ । यही समस्या यतिखेर नेपाल गन्तव्य बनाएका दुई विमानले भोगिरहेका छन्‌ । झरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ती जहाजले आकाशमै चक्कर लगाइरहेका छन्‌ ।

फ्लाइटराडारट्वान्टीफोरडटकम का अनुसार भारतको राजधानी नयाँ दिल्लीबाट बिहान ११ः३३ मा काठमाडौंका लागि उडान भरेको इन्डिगो एअरलाइन्सको जहाज पूर्वनिर्धारित समयअनुसार दिउँसो १ः०५ मा अवतरण भइसक्नुपर्ने हो ।

तर, काठमाडौंमा लगातार वर्षा र कम भिजिबिलिटी भएपछि यो विमानले भारत र नेपालको सीमा वरपर झण्डै दर्जन फन्को लगायो । सो विमान पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण भएको छ ।

काठमाडौंबाट भारतको मुम्बई उडान भर्न खोजेको नेपाल एअरलाइन्सको विमान पनि त्रिभुवन विमानस्थलमै रोकियो । दिउँसो २ बजे उड्नुपर्ने विमान झरीका कारण रोकिएर २ः३० मा बल्लतल्ल उडेको छ । तर, काठमाडौंलाई नै फन्को लगाउन थालेको छ ।

थाइ एअरवेजको टीजी३१९ कलसाइनको विमानले पनि आज नेपाल र भारतको सीमावर्ती क्षेत्रमा निकै चक्कर लगायो । बैंककबाट १०ः२८ मा उडेको सो विमान पूर्वनिर्धारित तालिकाअनुसार मध्याह्न १२ः२५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइसक्नुपर्ने थियो ।

तर, नेपालमा परेको अविरल झरीले यो विमानलाई पनि रन-वेमा आउन दिएन । आकाशमा फन्कै फन्का लगाएर झण्डै दुई घण्टा ढिला गरी दिउँसो २ः१८ मा मात्र अवतरण भयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ४६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको