भुक्तानी नपाएपछि किसानले उखु रोपेनन्‌, उद्योग सङ्कटमा « Khabarhub

भुक्तानी नपाएपछि किसानले उखु रोपेनन्‌, उद्योग सङ्कटमा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपालका चिनी उद्योग धराशायी हुँदैछन् । किसानहरू उखु खेतीबाट पलायन हुँदै जाँदा र पर्याप्त उखु पाउन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।

चिनी उत्पादक संघका अनुसार नेपालमा उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने १३ वटा मिल छन् । त्यसमध्ये गत आर्थिक वर्ष २०८०/०८१ मा १२ वटा मिलहरूले उखु क्रसिङ गरेका थिए । अधिकांश चिनी मिलहरूले पर्याप्त उखु नपाउँदा न्यून परिमाणमा मात्र चिनी उत्पादन गरेका थिए ।

गत वर्ष १२ वटा उद्योगबाट जम्माजम्मी एक लाख ७८ हजार ७१७ मेट्रिक टन चिनी उत्पादन भएकाे थियो । तर, नेपालमा वार्षिक दुई लाख ८० हजार टनभन्दा बढी चिनी माग हुने गरेको सरकारी तथ्याङ्क छ । यसर्थ , स्वदेशी चिनीले मात्र यहाँको खपत धान्न नसक्ने उद्योगीहरू बताउँछन् ।

स्वदेशी मागको तुलनामा उत्पादन भने हुन नसकेको संघका अध्यक्ष शशीकान्त अग्रवाल बताउँछन् । स्वदेशी माग धान्न अपुग हुने चिनी भारतबाट नै आयात हुने गरेको उनको भनाइ छ । ‘अहिले नै करिब १ लाख मेट्रिक टनभन्दा बढी चिनी अपुग हुन्छ । त्यो चिनी बाहिरबाट नै आयात गर्नुपरेको छ,’ उनले भने ।

पछिल्लो एक दशकयता नेपालमा चिनी उत्पादन घट्दै गएको अग्रवालको भनाइ छ । आर्थिक वर्ष २०७०/०७१ मा नेपालका चिनी उद्योगहरूले सबैभन्दा बढी दुई लाख १० हजार मेट्रिक टनसम्म उखु क्रसिङ गरेर चिनी उत्पादन गरेका थिए ।

त्यसबेला मुलुक चिनीमा आत्मनिर्भर हुने स्थितिमा थियो । झन्डै ५ देखि ६ लाख मेट्रिकसम्म चिनी उत्पादन गर्ने क्षमताका चिनी मिलहरू यतिबेला एक तिहाइमा क्षमतामा सञ्चालित छन् ।

पछिल्ला केही वर्षयता नेपालमा चिनीको उत्पादन क्रमशः घट्दै गएको छ । किसानहरू उखु खेतीबाट पलायन हुन थालेसँगै चिनी मिलहरू समेत धराशायी हुन थालेको उद्योगीहरूको भनाइ छ । हरेक वर्ष उखु उत्पादनबाट किसान पलायन हुँदै गए पछि चिनी मिलहरूको कच्चा पदार्थ उखुको अभाव हुन थालेका उद्योगीहरू बताउँछन् ।

यो पनि-

चिनी मिललाई उखु अभाव

सरकारले उखु किसानलाई समयमै अनुदान नदिने र मिल सञ्चालकले भुक्तानी दिन आनाकानी गर्दा किसान उखु खेतीबाटै पलायन हुँदै गएका छन् ।

‘किसान चिनी मिल सञ्चालकबाट समेत भुक्तानी नपाएर पीडित छन् । सरकारले अनुदान दिन आनाकानी गर्छ,’ उखु उत्पादक किसान संघका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘त्यही भएर किसानले उखु मासेर उन्नत जातको धान र मकैबाली लगाएर राम्रो आम्दानी लिएका छन् ।’

मैनालीका अनुसार, पछिल्लो पाँच वर्षको अवधिमा मात्र ५० हजार परिवारका किसान उखु खेतीबाट पलायन भइसकेका छन् । हाल देशभर अझै एक लाख उखु कृषक परिवार संलग्न रहेको संघको तथ्याङ्क छ ।

कुन मिलबाट कति चिनी उत्पादन ?

हरेक वर्ष मङ्सिर सुरु भएसँगै चिनी उद्योगले उखु क्रसिङ थाल्छन् । नेपालमा मंसिरदेखि फागुनसम्म उखु क्रसिङ हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को उखु क्रसिङको सिजनमा १२ वटा उद्योगले चिनी उत्पादन गरेका छन् । चिनी उत्पादन संघका अनुसार, ती उद्योगले एक लाख ७८ हजार ७१७ मेट्रिक टनमात्रै चिनी उत्पादन गरेका हुन् ।

एभरेष्ट सुगर एण्ड के.ई. लिमिटेडले २६ हजार ४५९ मेट्रिक टन, इन्दुशंकर चिनी उद्योगले २५ हजार ८६२ मेट्रिक टन, रिलायन्स सुगर मिलले २१ हजार ६१० मेट्रिक टन, महाकाली सुगर मिल्सले २१ हजार ५२० मेट्रिक टन र भागेश्वर चिनी उद्योगबाट १७ हजार ७५५ मेट्रिक टन चिनी उत्पादन भएको थियो ।

इष्टर्न सुगर मिल्सले गत वर्ष १७ हजार ३३८, हिमालय सुगर मिल्सले १४ हजार ४१९, महालक्ष्मी सुगर्सले नौ हजार ८५०, बागमति सुगर मिलले नौ हजार २४७, वावा बैजुनाथ सुगर मिल्सले नौ हजार ५७ र लुम्बिनी सुगर एण्ड एग्रोले पाँच हजार १९६ मेट्रिक टन मात्रै चिनी उत्पादन गरेको संघले जनाएको छ ।

त्यस्तै, अन्नपूर्ण सुगर मिल्सले निकै न्यून मात्रामा उखु क्रसिङ गरेको देखिन्छ । गत वर्ष अन्नपूर्ण सुगर मिल्सले ४०२ मेट्रिक टनमात्रै चिनी उत्पादन गर्यो । अर्थात्, मिल चल्यो भन्ने मात्र भयो ।

अधिकांश सुगर मिल्सहरूले उत्पादन क्षमताभन्दा निकै कम मात्रामा चिनी उत्पादन गरेको देखिन्छ । अघिल्ला केही वर्षहरूमा कतिपय उद्योगहरूले उखु क्रसिङ नै गर्न नसक्दा बन्द भएका थिए । पुनः सञ्चालनमा आएका चिनी मिलहरूले पनि न्यून परिमाणमै चिनी क्रसिङ गरिरहेका छन् ।

संघका अनुसार, इन्दिरा सुगर मिल्सले गत वर्ष उखु क्रसिङ नै नगरेको देखिन्छ । उक्त चिनी मिल्स सम्पर्कमा नभएको संघको दाबी छ । उखु खरिद गरे बापतको भुक्तानी कतिपय चिनी मिलहरूले नदिएको किसानको गुनासो छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ०२ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही