संकटमा नेपाली एथलेटिक्स | Khabarhub Khabarhub

संकटमा नेपाली एथलेटिक्स


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याच फिक्सिङका बारे एउटा कथन छ। रकम कत्ति बुझेको भन्ने कुरा ठुलो होइन। खेलको मूल मर्म तब रहन्छ, जब जित्ने चाहनासहित खेलिन्छ। यसै कारण खेलकुदमा एउटा कथन छ, ‘लुज द गेम इज पार्ट अफ स्पोर्ट, विल टु लुज इज क्राइम अफ स्पोर्ट्स’। मतलब हार्नु खेलको सामान्य प्रक्रिया हो। हार्न चाहनु खेल अपराध हो।

यसो भएमा खेलाडीमा लागू हुने यो कुरा अधिकारीमा लागू हुन्छ या हुँदैन बहस गर्नै पर्ने विषय हो। नेपाली खेलकुदका प्राय अधिकारीलाई त्यस खेलको विकास र न्यूनतम गतिको कुरामा कुनै चासो नै छैन। यो कानुनी रूपले कुनै गलत न ठहर्ला। परन्तु, हजारौँ जनाको भविष्य माथिको खेलबाड भने पक्कै हो।

नेपाल एथलेटिक्स सङ्घ अहिले दुई चिरामा छ। पदावधि सकिए पनि अधिवेशन हुन सकेको छैन। सङ्घका पूर्व महासचिव तथा तदर्थ समितिका सदस्य धनवीर चौधरी र बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी एउटा कित्तामा छन्।

नेपाल एथलेटिक्स सङ्घ अहिले दुई चिरामा छ। पदावधि सकिए पनि अधिवेशन हुन सकेको छैन। सङ्घका पूर्व महासचिव तथा तदर्थ समितिका सदस्य धनवीर चौधरी र बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी एउटा कित्तामा छन्।

सङ्घ अध्यक्ष राजीवविक्रम शाह अर्को कित्तामा छन् । बहुसङ्ख्यक शाहको विरुद्धमा छन्। एथलेटिक्सका सरोकार वाला मात्र होइन पछिल्लो समय प्रदेश खेलकुद विकास परिषद् नेतृत्वको बिचमा एक किसिमको समझदारी बनेको छ। तसर्थ सङ्घको अधिवेशन शाहको प्रतिकुल हुने कुरामा कुनै शङ्का छैन।

हाल तदर्थ समितिका अध्यक्ष रहेका राजीव विक्रम शाहले अधिवेशन गर्न नचाहेपछि खेलकुद ऐन र विधान अनुसार प्रदेश अधिवेशन गर्ने र नेपाल एथलेटिक्स सङ्घको अधिवेशन हुने बताइसकेका छन्। भण्डारीकै अनुसार कम्तीमा चार प्रदेशको अधिवेशनपछि वैधानिक प्रावधान अनुसार केन्द्रीय अधिवेशन हुनेछ। भण्डारी भन्छन्, ‘वैधानिक प्रावधान अनुसार नै प्रादेशिक खेल सङ्घको अधिकारलाई कसैले कटौती गर्न सक्दैन र केन्द्रीय हस्तक्षेप पनि हुन सक्दैन।’

केन्द्रीय सङ्घका बहुसङ्ख्यकले अधिवेशनको माग गरे पनि अध्यक्ष शाह भने सबैको सम्पर्क भन्दा टाढा छन्। सुरुमा राजीव विक्रम शाहकै अध्यक्षतामा बसेको तदर्थ समितिको बैठकले विधान स्वीकृतिमा लागि राष्ट्रिय खेलकुद परिषदमा जाने र निर्वाचन गर्ने निर्णय भएको थियो। शाहले आफूले सही गर्छ भन्दै प्रस्तावित विधान र म्यान्डेट घरमा लगेर राखेको जनाइएको छ। त्यसपछि शाह एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्यसँग टाढा हुँदै सम्पर्क आउन नचाहेको जनाइएको छ।

तदर्थ समितिका अध्यक्ष रहेका राजीव विक्रम शाहले अधिवेशन गर्न नचाहेपछि खेलकुद ऐन र विधान अनुसार प्रदेश अधिवेशन गर्ने र नेपाल एथलेटिक्स सङ्घको अधिवेशन हुने बताइसकेका छन्।

त्यसपछि एथलेटिक्स तदर्थ समितिको बहुमत सदस्यले फेरि विधानमा हस्ताक्षर गर्दै राखेपमा बुझाए पनि परिषद् सदस्य सचिव टङ्कलाल घिसिङले पनि एथलेटिक्स भित्रको समस्या समाधान गर्न कुनै चासो देखाएका छैनन्।

नेपाली एथलेटिक्स अहिले अत्यन्त गम्भीर अवस्थामा छ। सङ्घको कुनै कार्यालय छैन। वर्ल्ड एथलेटिक्सबाट वार्षिक २५ हजार अमेरिकी डलर प्राप्त हुन्छ। कार्यालय प्रायोजन र प्रशासनिक खर्चका लागि सो रकम प्रदान गरिने प्रावधान हो। तर त्यसको उपयोग हुन सकेको छैन ।

एथलेटिक्सको अर्को विकृत पक्ष भनेको अन्तर्राष्ट्रिय प्रतियोगितामा बिना छनोट सहभागिता हो। हंगेरीको बुढापेस्टमा सम्पन्न विश्व च्याम्पियनसिपको प्रीमीलीनरी चरणमा अमेरिकामा नै रहेका आयुष खत्रीले सहभागिता जनाएका थिए। स्रोतका अनुसार वर्ल्ड एथलेटिक्समा सहभागिता बापत पाउने टिकटको सुविधा आयुषले लिएका छैनन्। सो सुविधा नेपाली एथलेटिक्सका अन्य कसैले दुरुपयोग गरेका छन्।

उज्बेकिस्तानको तासकन्दमा गत अप्रिल महिनामा भएको यू–१८ एसियाली च्याम्पियनसिपमा नेपालकी रेस्मा सुवेदीले बिना छनोट सहभागिताको अवसर पाएकी थिइन्। उनी पनि संयुक्त अरब इमिरेट्सको दुबईका बसोबास गर्दै आएकी छिन्।

हंगेरीको बुढापेस्टमा सम्पन्न विश्व च्याम्पियनसिपको प्रीमीलीनरी चरणमा अमेरिकामा नै रहेका आयुष खत्रीले सहभागिता जनाएका थिए

पूर्व महासचिव चौधरीले त बारम्बार अध्यक्ष शाहले कसैसँग सल्लाह नगरेर नै मनोमानी गर्दै आएको आरोप लगाउन थालेका छन्।

ढाकामा आयोजना भएको वङ्गबन्धु सेख मुजीव ढाका म्याराथनमा सङ्घ नेतृत्वको अर्को गलत नियत प्रस्ट भएको छ। सो प्रतियोगितामा नेपालका धनिराम चौधरीलाई आयोजकले नै प्राविधिकको रूपमा चयन गरेको थियो । अहिले धनिरामको नाम हटाइएको छ। चौधरी भन्छन्, ‘नेपाल एथलेटिक्सको नेतृत्वले यो सबै गरेको हो।’ यो मात्र होइन बारम्बार सङ्घ नेतृत्व आफू प्रति पूर्वाग्रही भएको गुनासो उनको छ।

एथलेटिक्स नेतृत्व चुकेको अन्य धेरै उदाहरण छन्। गत वर्ष नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजना भएको थियो। धेरै देशले एसियाडको तयारी गरेका कारण त्यसको फाइदा नेपाललाई भएको थियो। नेपाली टोलीले २ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको थियो । परन्तु पदक विजेता खेलाडीले राज्यबाट पाउनुपर्ने पुरस्कार पाएका छैनन्। एथलेटिक्स नेतृत्वले यसमा समेत कुनै चासो दिएको छैन।

प्रतियोगिताको अभाव, मनोमानी , अधिवेशन नगरी वर्षौँ संस्था चलाउने खराब नियत र पूर्वाग्रह अध्यक्ष राजीव विक्रम शाह कार्यकालका विशेषता बनेका छन्।

शाहको कार्यकालमा वर्ल्ड एथलेटिक्सका लेक्चर सुशील नरसिंह राणा, पूर्व महासचिव सुनिल राजवंशी, डा. दिवाकर लाल अमात्य र रघु वान्त सहितको एउटा समूहलाई पाखा लगाइयो। सबै भन्दा वैज्ञानिक खेल एथलेटिक्समा विज्ञलाई बाहिर पठाएसँगै प्रशिक्षण ध्वस्त भएको छ। हरेक प्रतियोगितामा प्राविधिक त्रुटि सामान्य बनेका छन्।

ओलम्पिक इभेन्टको रूपमा रहेको पोल भोल्ट र स्टीपल चेजको नेपालमा कुनै प्रतियोगिता हुने गरेका छैनन्। प्रतियोगिताको अभाव, मनोमानी , अधिवेशन नगरी वर्षौँ संस्था चलाउने खराब नियत र पूर्वाग्रह अध्यक्ष राजीव विक्रम शाह कार्यकालका विशेषता बनेका छन्।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : १७ बजे

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको