पत्रकारिता क्षेत्रको सुधारमा सहयोग गर्न सरकार तयार : उपप्रधानमन्त्री खड्का | Khabarhub Khabarhub

पत्रकारिता क्षेत्रको सुधारमा सहयोग गर्न सरकार तयार : उपप्रधानमन्त्री खड्का


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको भन्दै यस क्षेत्रको सुधारका लागि सरकारले सहयोग गर्ने बताएका हुन् ।

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व पत्रकार महासङ्घको भएको जिकिर गरे । मुलुकको परिवर्तनका साथै यसको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

उनले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गरे ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १ : ५५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका