निजी क्षेत्रको पहिलो फिल्म ‘कान्छी’ को अन्तर्कथा | Khabarhub Khabarhub

निजी क्षेत्रको पहिलो फिल्म ‘कान्छी’ को अन्तर्कथा



नेपालमा तत्कालीन श्री ५ को सरकारले सिनेमा निर्माणमा निजी क्षेत्रलाई उत्साहित गर्ने उद्देश्यले तत्कालीन अर्थमन्त्रीको बजेटका भाषणमा आएको सकारात्मक संकेतका कारण नेपालबाट शाही नेपाल चलचित्र संस्थानबाहेक निजी कम्पनीहरू आए । हेम्स एक्पेरिमेन्टल मुभिज, सुजाता प्रोडक्सन र ओम त्रिनेत्र प्रोडक्सन त्यस्ता कम्पनी थिए ।

ओम त्रिनेत्र प्रोडक्सनको पहिलो फिल्म हो–कान्छी । यो फिल्म निर्माणका बेला यसका निर्माताहरू भगवानदास श्रेष्ठ, रामप्रसाद श्रेष्ठ र उनका साथीहरू निर्देशक खोज्दै चेतन कार्कीकहाँ पुगे ।

चलचित्रका लेखक गीतकार चेतन कार्कीले फिल्मका लागि अहिलेको उपयुक्त निर्देशक मुम्बईमा भएका बीएस थापाको नाम दिएपछि उनीहरूले बीएस थापालाई भेटे ।

यस प्रशङ्गमा चेतन कार्कीले काहीँ काहीँ म स्वयं पनि मुम्बईमा गएको थिएँ पनि भन्नुभएको छ ।

कान्छी नेपाली चलचित्रको इतिहासमा शिव श्रेष्ठको एउटा महत्त्वपूर्ण फिल्म हो भने नायिकाका रुपमा शर्मिला मल्ललाई बर्षाैंसम्म कान्छी नायिका भनेर चिनिने फिल्म यही हो ।

निर्मातासँग बीएस थापाको भेट भएपछि बीएस थापाले कान्छी फिल्मको निर्देशन गर्ने तयारी गर्नुभयो । कान्छी बिएस थापाको नेपाली फिल्मको क्षेत्रमा माइतीघर पछिको दोस्रो फिल्म थियो ।

नेपालबाट निजी क्षेत्रबाट बनेको पहिलो फिल्मको निर्देशन पनि बीएस थापाले गर्नु भएको थियो भने दोस्रो पटक पनि बीएस थापाले कान्छी निर्देशन गर्नुभयो ।

कान्छीमा बीएस थापाले निर्देशका निम्ति सहमति जनाएपछि संगीतकारका रूपमा गोपाल योञ्जन गीतकारका रूपमा चेतन कार्की र गोपाल योञ्जनलाई चयन गर्नुभएको थियो ।

कान्छीको कथा केबी लामिछानेको कथामा आधारित थियो । यसलाई कथा, पटकथाका लागि चेतन कार्कीले सहयोग गर्नुभयो । बीएस थापा आफैं पोख्त भएकाले पटकथा लेखन गर्नुभयो ।

बीएस थापाले त्यतिबेला पनि हिन्दी फिल्ममा निर्देशन गरिरहनु भएको थियो । उहाँले हिन्दी, भोजपुरी फिल्महरू बनाइरहनुभएको थियो । कान्छी बनाउनका लागि बीएस थापा नेपाल आएपछि कलाकारको योग्यता जाँच गर्नुभयो ।

नायकमा शिव श्रेष्ठ र नायिकामा पहिलो पटक शर्मिला शाहीलाई चयन गर्नुभयो । शर्मिला शाही कान्छी फिल्मका लागि पहिलो पटक आउँदा चलचित्रको अभिनयको अनुभव थिएन । एउटा टुथपेष्टको विज्ञापनमा अभिनय गर्नुभएको थियो । नाटक, रंगमञ्चमा भने अभिनय गर्नुभएको थियो ।

नारायण गोपालले कान्छीमा गाएका गीत ‘छोरीको जन्म हारेको कर्म’ ‘हिमाल सरि म’ अत्यन्त लोकप्रिय भए । अरुणा लामाले चेतन कार्कीको शब्दमा गोपाल योञ्जनको संगीतमा गाएको ‘यी ओठ तिम्रा’ सर्वाधिक लोकप्रिय गीत मानिन्छ ।

नायक शिव श्रेष्ठले भने शाही नेपाल चलचित्र संस्थानको जीवन रेखा र बदलिँदो आकाशमा अभिनय गरी सक्नुभएको थियो ।

यी दुईसँगै अन्य कलाकारमा नारायणघाटका प्रशिद्ध रङ्गकर्मी रिद्धिचरण श्रेष्ठले पनि अभिनय गर्नुभयो । कृष्टि केसी (मैनाली) र शान्ति मास्के लगायत विभिन्न कलाकारले अभिनय गरे ।

यसमा प्रशिद्ध हास्य कलाकार आनन्द थापालाई हास्य कलाकार अभिनेताका रूपमा लिइयो । उहाँको जोडीका रूपमा शारदा बस्नेतलाई लिइएको थियो । शारदा त्यति बेला चर्चित सिने नायक निर्देशक विश्व बस्नेतकी पत्नी हुनुहुन्थ्यो । शारदा त्यतिबेला अर्को फिल्म जुनीमा पनि अभिनय गर्दै हुनुहुन्थ्यो ।

कान्छी फिल्म धेरै किसिमले महत्वपूर्ण मानियो । यसका निर्देशक बीएस थापाको माइतीघरपछिको कमब्याकका रुपमा यसलाइए लिइयो । त्यस्तै, गोपाल योञ्जनको चलचित्रमा एक संगीतको रूपमा अर्को जन्मपछिको महत्त्वपूर्ण फिल्म बन्न पुग्यो यो । यसमा गोपाल योञ्जनले संगीतकारका हैसियतले गायक प्रकाश श्रेष्ठ र गायिका विमला राई, सुकमित गुरुङ र आफूले पनि गाउनुभयो ।

यसमा एउटा हास्य गीत गोपाल योञ्जनले आफैंले रचेर गाउनुभएको छ । चेतन कार्कीको शब्दमा प्रकाश श्रेष्ठ र विमला रायले ‘कान्छी हे कान्छी’ गाउनुभएको छ ।

तर, यो फिल्मको महत्त्वपूर्ण गायक र गायिकाका नाममा नारायण गोपाल र अरुणा लामालाई छुटाउनु हुँदैन । अरुणा लामाले नेपालबाट बनेका फिल्ममा गीत गाउने मौका पाउनुभएको थियो । उहाँले नेपालबाट बन्न लागेको फिल्ममा पहिलो पटक गाएको बीएस थापाको माइतीघरमा थियो । दोस्रोपटक कान्छीमा देखा पर्नुभयो । नारायण गोपाल मूल गायकका रूपमा रहनुभयो ।

नारायण गोपालले कान्छीमा गाएका गीत ‘छोरीको जन्म हारेको कर्म’ ‘हिमाल सरि म’ अत्यन्त लोकप्रिय भए । अरुणा लामाले चेतन कार्कीको शब्दमा गोपाल योञ्जनको संगीतमा गाएको ‘यी ओठ तिम्रा’ सर्वाधिक लोकप्रिय गीत मानिन्छ ।

नारायण गोपाल र अरुणा लामाका अन्य युगल गीतहरूको ऐतिहासिक रेकर्डलाई तोड्दै यो फिल्मको ‘हिमाल सरि’ले सिनेमाको युगल गीतको इतिहासमा बीएस थापाको माइतीघरको ‘नमान लाज यसरी’ पछि यसले रेकर्ड तोडिदियो ।

नारायण गोपाल र अरुणा लामाको यो युगल गीत शब्द संगीत संगीत संयोजन र गायनको हिसाबले महत्त्वपूर्ण गीत हो । अर्को ९ मिनेट लामो पृष्ठ गायनका रूपमा आएको चेतन कार्कीको शब्दमा ‘छोरीको जन्म हारेको कर्म’ लाई फिल्म निर्देशक बीएस थापाले विभिन्न शैलीमा प्रयोग गर्नुभएको छ।

यही गीतका निम्ति पछि फिल्म प्रदर्शन भइसके पनि नारायण गोपाल सर्वोत्कृष्ट गायकका रूपमा पुरस्कृत हुनु भयो तर उहाँले पुरस्कार ग्रहण गर्नुभएन ।

यही फिल्मको अर्को गीतमा अरुणा लामाले सर्वोत्कृष्ट गायिकाका रूपमा पुरस्कार ग्रहण गर्नु भयो । यही फिल्मको गीतकारका रूपमा चेतन कार्कीले सर्वोत्कृष्ट गीतकारका रूपमा पुरस्कार पाउनु भयो । संगीतकार गोपाल योञ्जनले पनि यही फिल्मबाट सर्वोत्कृष्ट संगीतकारको पुरस्कार पाउनुभयो । यस अर्थमा कान्छी धेरै पुरस्कार पाएको एउटा सर्वोत्कृष्ट फिल्म हो ।

कान्छीको अर्को सबल पक्ष नृत्य निर्देशन पनि हो । पहिलोपटक पर्दामा नाच्दै गरेकी शर्मिला मल्ललाई र कुशल नृत्यांगका रूपमा प्रस्तुत गर्नमा नृत्य निर्देशक वसन्तजंग रायमाझीको अहम् भूमिका छ ।

भारतको मम्बईमा लामो समयदेखि हिन्दी फिल्ममा नृत्य निर्देशक भएर काम गरेका वसन्तजंग रायमाझीले यो फिल्ममा आफ्नो भएभरको क्षमता देखाउनुभयो ।

शर्मिला शाही, जो अहिले मल्ल हुनु हुन्छ, उहाँले ‘कान्छी हे कान्छी’मा वसन्तजंगले पहिलो पटक पर्दामा नाच्दै गरेकी मौसमी मल्ललाई अत्यन्त सफलताका साथ प्रस्तुत गर्नु भयो ।

यो गीतमा पति–पत्नीद्वयले नृत्य गर्नुभएको थियो । मौसमी मल्ल र उहाँका पूर्वपति डीभी मल्लले ।

कान्छीमा एउटा द्वन्द्वको प्रयोग गरिएको थियो । त्यसको निर्देशन गोपाल भुटानीले गर्नुभएको थियो । सायद भुटानीको नेपाली चलचित्रमा ‘जीवनरेखा’ पछि यो द्वन्द्व निर्देशनको जिम्मेवारी लिएको दोस्रो चलचित्र हो ।

गोपाल भुटानीले यही चलचित्रमा अभिनय पनि गर्नुभयो, गौतमरत्न तुलाधरका साथमा । भारतीय हिन्दी फिल्ममा निर्देशकका रूपमा काम गरिरहेका बीएस थापाले माइतीघरमा जस्तै यसमा धेरै कलाकारलाई भूमिका दिएर परिचित गराउनु भयो ।

नायिकाको साथीका रूपमा अभिनय गरेकी कृष्टि केसीले यो फिल्ममा प्रवेश गरेपछि चलचित्रको यात्रा सफल र सार्थक हुँदै गयो ।

बीएस थापा, चेतन कार्की, गोपाल योञ्जन, नारायण गोपाल, अरुणा लामा, प्रकाश श्रेष्ठ, विमला राय लगायत सम्पूर्णको सहभागिता रहेको यो फिल्ममा शिव श्रेष्ठ, शर्मिला शाही, गौतमरत्न तुलाधर, आनन्द थापा, शारदा बस्नेत, गोपाल भुटानी, कृष्टि केसी, रिद्धिचरण श्रेष्ठ र शान्ति मास्केको भूमिका पनि सम्झनयोग्य मानिन्छ कान्छी ।

माइतीघरमा बीएस थापाका सहायक मुख्य निर्देशकका रूपमा काम गरेका किशोर राणापछि नेपाली चलचित्रका सफल निर्देशकका रूपमा परिचित हुनुभयो । उहाँले पनि यस फिल्ममा नायिका शर्मिला शाहीलाई मम्बई लिएर जाने पात्रका रूपमा अभिनय गर्नुभएको छ, त्यो पनि एउटा रोचक पक्ष हो ।

यस फिल्ममा नायक शिव श्रेष्ठका साथमा नेपाली चलचित्रकी सदा सम्मानित र चर्चित नायिका सुष्मा शाहीले पनि अभिनय गर्नुभएको छ । उहाँ परिवर्तन, मनको बाँध जस्ता फिल्ममा अभिनेत्रीका रूपमा चर्चित हुनुहुन्थ्यो । मनको बाँधमा एक नायिकाका रूपमा स्थापित भइसक्नु भएको थियो ।

बदलिँदो आकाशमा उहाँले शिव श्रेष्ठसँग नायिकाका रूपमा अभिनय गर्नुभएको थियो । कान्छीमा पनि उहाँ देखा पर्नुभएको थियो । उहाँका निम्ति गायिका सुकमित गुरुङले गीत गाउनुभएको थियो ।

माइतीघर धेरै अर्थमा व्यावसायिक रूपमा एउटा सफल फिल्म मानिन्छ । त्यतिबेला निजी क्षेत्रबाट बन्न थालेका तीन फिल्म कान्छी, आदर्श नारी र जुनीमध्ये कान्छी व्यावसायिक रूपले अपार सफल भयो र निकै प्रशंसित फिल्मका रूपमा चिनियो । धेरैवटा पुरस्कारहरू पनि यो फिल्मले प्राप्त गर्‍यो ।

कान्छी प्रदर्शन भएपछि नै नेपालमा पहिलो पटक काठमाडौँस्थित न्युरोडको विशालबजार व्यवस्थापन समितिले ल्यायन्स क्लबसँग मिलेर राष्ट्रिय चलचित्र पुरस्कारको प्रज्ञा भवनमा आयोजना गरेको थियो । यो पुरस्कार आयोजना गर्दा प्रमुख अतिथिका रूपमा मुम्बईबाट चर्चित अभिनेत्री सपना आजमी आउनुभएको थियो । उहाँले नै यो फिल्मका नायक शिव श्रेष्ठलाई सर्वोत्कृष्ट नायकको पुरस्कार दिनु भएको थियो ।

कान्छी नेपाली चलचित्रको इतिहासमा शिव श्रेष्ठको एउटा महत्त्वपूर्ण फिल्म हो भने नायिकाका रुपमा शर्मिला मल्ललाई बर्षाैंसम्म कान्छी नायिका भनेर चिनिने फिल्म यही हो । यही फिल्मको प्रदर्शन पश्चात प्रकाशन भएको नेपालको सिने पत्रिका कामनामा कान्छीकी नायिका शर्मिलाको आवरण चित्रसहित कामना पहिलो अङ्क प्रकाशन भएको थियो । यो पनि एउटा सम्झन लायक पक्ष हो ।

बीएस थापा, चेतन कार्की, गोपाल योञ्जन, नारायण गोपाल, अरुणा लामा, प्रकाश श्रेष्ठ, विमला राय लगायत सम्पूर्णको सहभागिता रहेको यो फिल्ममा शिव श्रेष्ठ, शर्मिला शाही, गौतमरत्न तुलाधर, आनन्द थापा, शारदा बस्नेत, गोपाल भुटानी, कृष्टि केसी, रिद्धिचरण श्रेष्ठ र शान्ति मास्केको भूमिका पनि सम्झनयोग्य मानिन्छ कान्छी ।

कान्छीका लागि सदैव बीएस थापालाई सम्झना गरिन्छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ५३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि